
धनगढी । सुदूरपश्चिममा पहिलो पटक अपाङ्गता भएका ब्यक्तिहरुले खेल्ने खेलकूद प्रतियोगीता सुरु भएको छ । आज शनिवार एक कार्यक्रमकावीच सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदले अन्तर प्रदेश बास्केटबल प्रतियोगीताको उद्घाटन गरेका हुन् ।
स्वास्थ्यका लागि खेलकूद, राष्ट्रकालागि खेलकूद भन्ने मुल नाराकासाथ सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउँदले विगतमा राज्यद्धारा पछाडी पारिएको सुदूरपश्चिमलाई हरेक क्षेत्रमा अपाङ्गता मैत्री वनाउने आफ्नो पहल रहने प्रतिवद्धता गरे । अपाङ्गता भएका ब्यक्तिहरुलाई दयामाया मात्रै नभएर हकअधिकार र अवसर दिनुपर्छ भनेर यो वर्गको उथ्थानमा थप पाँच करोड बजेट छुट्याउन लागेको उनले जानकारी दिए ।
प्रदेश सरकार स्थापनाको छ बर्षपछि सामाजिक विकास मन्त्रालयको नेतृव मन्त्री साउँदले गरेपछि सुदूरपश्चिमका अपाङ्गता भएका ब्यक्तिहरुले पहिलो पटक आफ्नो भूमीमा अन्य प्रदेशका पारा खेलकूद टीमसँग खेलकूद प्रतियोगीता गर्न पाउदा हर्षविभोर भएका छन् । प्रतियोगीतामा सुदूरपश्चिमका कञ्चनपुर, धनगढी र टीकापुर गरी तीन टीम यस्तै, कर्णाली र लुम्बिनी प्रदेशका एक/एक टीम सहभागी छन् ।
धनगढीको बाल्मीकी स्कूलमा संचालन भैरहेको उक्त प्रतियोगीताका लागि सामाजिक विकास मन्त्रालयले पाँच लाख बजेट छुट्टाएको छ ।
