एमाले सुदूरपश्चिम अध्यक्षमा ४, अन्यमा क-कसको उम्मेदवारी ?

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ । आइतवारदेखि सुरु अधिवेशनमा सोमवार अबेरसम्म नेतृत्व चयनमा सहमति नभएपछि मंगलबारदेखि निर्वाचन प्रकृया सुरु भएको छ ।

जहाँ ४ जनाले प्रदेश अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका छनभने अन्य पदाधिकारीमा पनि आधा दर्जनबढी उम्मेदवारी निर्वाचन अधिकृत पदम पालले जानकारी दिए । अध्यक्ष पदमा अछामका कृष्णप्रसाद जैशी, कमल तिमिल्सिना र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छभने बझाङका बचनबहादुर सिंहले पनि अध्यक्षमा उम्मेदावरी दर्ता गराएका छन् ।

तिमिल्सिनालाई प्रदेशका निवर्तमान अध्यक्ष दामोदर भण्डारी, नेता लेखराज भट्ट लगायतको समर्थन रहेको छभने जैसीलाई पोलिटब्युरो सदस्य कर्णवहादुर थापा लगायतको समर्थन रहेको बताइएको छ । यस्तै, उपाध्यक्ष हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउद, गजेन्द्र बहादुर शाही रहेका छन् ।

सचिव रणबहादुर चन्द, राजेश खाति, रतनराज रेग्मी, जीवन कुमार बम रहेका छन् भने  उपसचिव (महिला ) भागरथी विष्ट कन्दकलाकुमारी राना र अर्चना गहतराज यस्तै, उपसचिव खुल्ला रामदत्त जाेशी, अशाेककुमार चन्द, नरबहादुर बिक, सुरेन्द्रबहादुर पाल, हरदेव जाेशी र पल्लभराज भट्ट रहेका छन् । प्रदेश सदस्यकालागि पाँच सय बढीले मनोनयन दर्ता गराएको जनाइएको छ ।

निर्वाचन समितिले बिहान ९ः३० बजेसम्म उम्मेदवारी दर्ताको समय तोके पनि १०ः३० बजेसम्म पनि उम्मेदवारी दर्ताको काम भइरहेको थियो । ११ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन तथा दिउँसो २ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम तय गरेको छ । तय कार्यक्रमअनुसार मंगलबार साँझ ५ बजेबाट मतदान सुरु हुनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.