Dashain Suvakamana

इजराइलमा मृत्यु भएका विद्यार्थी परिवारलाई प्रदेश सरकारले दुई लाख दिने

Ajai

धनगढी। इजराइलमा मृत्यु भएका सुदूरपश्चिमका विद्यार्थीलाई प्रदेश सरकारले दुई लाख दिने भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन्।

साथै शोक शन्तति परिवारमा समवेदनासमेत व्यक्त गरेका छन्। निधन भएकाहरुको शव नेपाल ल्याउन दुबै देशका सरकारसँग अनुरोधसमेत गरेका छन्।

परराष्ट्र मन्त्रालयले प्राप्त गरेको सूचीअनुसार सुदूरपश्चिम प्रदेश कैलालीको घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी नगरपालिका– ६ का गणेशकुमार नेपाली, कैलाली बौनियाँका आशिष चौधरी, दार्चुलाको लेकम गाउँपालिका–५ का दीपेशराज विष्टको मृत्यु भएको छ ।

यस्तै, डोटीको तत्कालीन पचनली गाविस– ३ का राजन फुलारा, डोटीकै तत्कालीन लामिखाल गाविस– ८ का पदम थापा, दार्चुलाको मालिकार्जुन नगरपालिका– ४ का लोकेन्द्रसिंह धामी रहेका छन् ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.