पेट्रोलमा दुई डिजेल, मट्टीतेलमा ६ र ग्यास सिलिन्डरमा रु २१५ मूल्यवृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आइतबारदेखि लागू हुने गरी डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याससहित सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१५ रुपियाँले बढेको छ। निगम प्रवक्ता मनोजकुमार ठाकुरले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर आएकाले स्वचालित मूल्य प्रणाली अनुसार इन्धनको मूल्य समायोजन गरिएको जानकारी दिए। यस्तै पेट्रोल प्रतिलिटरमा दुई रुपियाँ र डिजेल, मटितेलमा प्रतिलिटरमा ६ रुपियाँले मूल्य बढेको छ।

हवाई इन्धन आन्तरिक र बाह्य दुवैमा प्रतिलिटरमा आठ रुपियाँ मूल्य बढेको निगमले जनाएको छ। इन्डियन आयल कर्पोरेसन  (आइओसी) ले शनिबार पठाएको नयाँ मूल्य अनुसार सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य बढाइएको निगमले जनाएको छ। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.