प्रधानमन्त्री प्रचण्ड आज धनगढी आउदै

धनगढी। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउदै छन् । समाजवादी मोर्चाले यहाँ आयोजना गर्न लागेको सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्न उनी धनगढी आउन लागेका हुन् । 

प्रधानमन्त्री दाहालसहित सभालाई नेकपा (एकीकृत समाजवादीका) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका गोविन्द चौधरी र नेकपाका नेत्रविक्रम चन्द (विप्लव) ले सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।

सन्देश सभामा एक हजार जनाको सहभागिता रहने नेकपा (एकीकृत समाजवादी) का सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले बताइन् । सन्देश सभा धनगढीकाे चटकपुरस्थित सौँराइ पार्टी प्यालेसमा आयोजना हुने जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.