अत्तरिया छ लेन सडकमा गाडी दुर्घटना ३ जना घाईते

धनगढी । अत्तरियादेखि धनगढी आउदै गरेकाे विङ्गर जीप पल्टिएर दुर्घटना हुँदा ३ जना घाईते भएका छन्। अत्तरिया-धनगढी ६ लेन सडकखण्ड अन्तरगत गोदावरी नगरपालिका–१ पाठक पेट्रोल पम्प नजिक से.१ ज १०८४ नम्बरको विङ्गर अनियन्त्रीत भएर पल्टिदा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

घाईते हुनेमा गौरीगंगा नगरपालिका–१ का ४५ वर्षीय मोतिलाल चौधरी, सोही स्थानका ५५ वर्षीय विष्णु चौधरी र गोदावरी नगरपालिका–१ का २१ वर्षीय रमेश कामी रहेका छन्। उनीहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भैरहेको र तिनै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

चालक कञ्चनपुरको कृष्णपुर नगरपालिकाका २५ वर्षीय रमेश खड्का र विङ्गरलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.