सुदूरपश्चिम वन निर्देशक भट्टलाई कारबाही गर्न समिति गठन

धनगढी । सुदूरपश्चिम प्रदेशका निमित्त वन निर्देशक कृष्ण भट्टको घुस प्रकरणको छानविन गर्न सार्वजनिक लेखा समितिले उपसमिति गठन गरिएको छ ।प्रदेश सभा सदस्य तथा पूर्व वन मन्त्री मानबहादुर धामीको संयोजकत्वमा छानविन उपसमिति गठन गरिएको हो ।

सो उपसमितिमा नेकपा एमालेका नेता तथा प्रदेश सभा सदस्य विरबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीकी खेमादेवी विष्ट, नेपाली काँग्रेसका बेलबहादुर राना मगर र नागरिक उन्मुक्ति पार्टीकी टीका थापा सदस्य रहेका छन् । सो उपसमितिलाई १५ दिनभित्र सत्यतथ्य छानविन गरि प्रतिवेदन पेश गर्नुपर्ने छ ।

निमित्त निर्देशक भट्टले विभिन्न डिभिजन वन कार्यालयबाट रकम असुल गरेको अडियो सार्वजनिक भएको थियो । सो प्रकरणबाहिर आएपछि निमित्त निर्देशक भट्टले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्य तथा नेता दीर्घबहादुर सोडारीलाई फोनसम्पर्कमा धम्क्याएको घटना पनि बाहिर आएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.