सार्वजनिक निकायलाई सूचनाको हक कार्यान्वयन गर्न आह्वान

राष्ट्रिय सूचना दिवस

सूचनाको हकको कार्यान्वयनमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्न/गराउन राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायलाई आह्वान गरेको छ । १७ औँ राष्ट्रिय सूचना दिवसका अवसरमा आज आयोगले शुभकामना तथा प्रतिबद्धतापत्र जारी गरी सो आह्वान गरेको हो ।

सूचनाको हकसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न/गराउन सार्वजनिक निकायको भूमिका महत्त्वपूर्ण हुने र माग गरिएको सूचना सहज रूपमा प्राप्त गर्दा सार्वजनिक निकायप्रति नागरिकको धारणा सकारात्मक हुने पत्रमा उल्लेख छ ।यस्तै सुशासन कायम गरी मुलुकलाई समृद्धिको बाटोमा लैजान यसको महत्त्वपूर्ण भूमिका हुने पत्रमा उल्लेख छ ।

नेपालको संविधानको धारा २७ बमोजिम सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिन भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसका रूपमा मनाउने गरिन्छ । नागरिकलाई प्राप्त अधिकारमध्ये सूचनाको हक सबैभन्दा महत्त्वपूर्ण रहेको र यसको प्रयोग दिनानुदिन बढ्दै गएको आयोगको भनाइ छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.