कञ्चनपुर । कञ्चनपुरको उत्तरी चुरे भेग कालापानी जंगलमा एक जंगली हात्ती मृत फेला परेको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका ७ कालापानी स्थित वातावरण सामुदायिक वनमा जंगली हात्ती मृत फेला परेको हो ।
वातावरण सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीका अनुसार गएराती जंगलबाट आएको हात्तीको शौचालयको सेप्टीट्याङकीमा अड्किएर मृत्यु भएको हो । पछिल्लो समय उक्त क्षेत्रमा हात्तीको गतिविधि बढिरहेका छ ।