माधव नेपालले सिआइबीलाई बयान दिए , अव पालाे भट्टराईकाे

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिएको छ। ललितानिवास जग्गा हिनामिनासम्बन्धी मुद्दाको अनुसन्धानका लागि प्रहरीले बोलाएपछि सोमबार बेलुका नेता नेपाल सिआइबी पुगेका थिए।

बयान सकाएर मध्यराति नेता नेपाल निवास फर्किएको सिआइबी स्रोत बताउँछ। सिआइबीले बयानमा बोलाएपछि उनी युरोप भ्रमणबाट सोमबार बिहानै स्वदेश फर्किएका थिए। नेता नेपाल प्रधानमन्त्री हुँदा बालुवाटारस्थित विशिष्ट व्यक्तिको निवास विस्तार सम्बन्धमा मन्त्रिपरिषदबाट पटक–पटक निर्णय भएका थिए। तीनै निर्णयका आधारमा सरकारी जग्गा नक्कली मोही हुँदै व्यक्तिको नाममा पुगेको थियो । तिनै मन्त्रिपरिषद्का निर्णयमा आधारित भई सिआइबीले उनीसँग बयान लिएकाे हाे।

नेता नेपालसँग एक चरणमा बयान सकिएको र आवश्यक परे थप बयान लिइने सिआइबीका एक उच्च अधिकारीले बताए। गत २१ साउनमा सर्वोच्च अदालतले ललितानिवास जग्गा हिनामिनासम्बन्धी नीतिगत निर्णयमा संलग्न पदाधिकारीलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको हो । सोही आदेश कार्यान्वयन गर्ने क्रममा नेता नेपालसँग बयान लिइएको सिआइबी स्रोत बताउँछ।

बयान लिए पनि मुद्दा चल्ने–नचल्ने प्रस्ट भएको छैन। सिआइबीले अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पनि बयानमा बोलाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.