काठमाडौ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरबाट २०८० सालको कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका सहसचिव एवं प्रवक्ता जङ्गबहादुर अर्यालले परीक्षाफल प्रकाशनका लागि अन्तिम तयारी भइरहेको जानकारी दिए।
उनले आजै परीक्षाफल प्रकाशन हुनसक्ने सम्भावना भने न्यून रहेको स्पष्ट पार्दै बोर्डले साउनभित्रमै परीक्षाफल प्रकाशन गरिसक्ने प्रतिबद्धता जनाए ।
नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ ।
परीक्षाफल हेर्नका लागि :