धनगढी । कैलालीको खुटिया नदीमा दाउरा निकाल्न गएका एक व्यक्तिको मृत्यु भएको छ । गोदावरी नगरपालिका –९ धनचौरीका ४० वर्षीय रत्नप्रसाद भट्टराईको मृत्यु भएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार खोलाबाट दाउरा निकाल्ने भनेर उनी हिजो खुटिया नदीमा गएका थिए । फर्केर नआएपछि आफन्तले आज प्रहरीलाई जानकारी गराएका थिए ।
जानकारीपश्चात् खोजीकार्य गर्ने क्रममा जमेको पानीमा भट्टराईको शव भेटिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।