पञ्जाब पुराइएकी कञ्चनपुरकी १६ बर्षीया किशोरीको उद्धार

धनगढी । भारतको पञ्जाबबाट १६ वर्षीया एक किशोरीको उद्धार गरिएको छ । कञ्चनपुर घर भएकी ती किशोरीलाई उद्धार गरी नेपाल ल्याइएको हाे । रोजगारीको प्रलोभनमा परेर पञ्जाब पुगेकी उनको उद्धार गरिएको शान्ति पुनःस्थापना गृहका केन्द्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए ।

भारतमा रहेको अखिल भारत नेपाली एकता मञ्चकी मोनिका बरालको सहयोगमा भारत पञ्जाबको लुधियानामा अलपत्र परेको अवस्थामा उनलाई उद्धार गरिएको शान्ति पुनःस्थापना गृहले जनाएको छ ।

किशोरीलाई घर परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ । गृहका केन्द्रीय संयोजक भट्टराईका अनुसार ती किशोरी २०७९ मङ्सिरमा घरबाट हराएकी थिइन । आर्थिक अवस्था कमजोर भएका कारण परिवारले यसअघि नै किशोरीलाई घर फर्काउन आग्रह गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.