धनगढी । कैलालीमा एक सय छाडा पशुचौपायामा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ। कैलाली जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र गौसंरक्षणकर्मीहरुको पहलमा आइतबार खाेप लगाइएकाे हाे ।
धनगढी चौराहा, अत्तरिया हुदै गोदावरी रोडसम्ममा छाडा छोडिएका एकसय पशुचौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाइएकाे जिल्ला भेटेरिनरी अस्पतालका प्रमुख डा हेमराज अवस्थीले बताए। उनले कैलाली जिल्लाको राजमार्गमा रहेका पशुहरूमा खोप लगाउने कार्य ५ दिनसम्म निरन्तर अभियानको रूपमा रहने समेत उनले समाजिक सञ्जालमा जानकारी दिएका छन् ।
धनगढी उपमहानगरपालिका–३ मा रहेको गौशालाका गाईहरुलाई पनि लम्पी स्किन विरुद्धको खोप लगाइएको उपाध्यक्ष यस्पाल अवस्थीले जानकारी दिए ।