माओवादीको केन्द्रीय बैठकमा नेताहरुकाे आलाेचना

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहीवार पनि बस्दैछ । बुधवारदेखि शुरू भएको बैठक दोस्रो दिनका लागि बिहान ११ बजे बोलाइएको छ ।

बुधवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथि बुधवार १८ नेताले धारणा राखेका थिए । बिहीवार पनि प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी रहनेछ । बैठकमा नेताहरुले धारणा राख्दै नेताहरुले गोप्य डिलिङका लागि आफन्त र नातेदारलाई स्वकीय सचिव राख्ने गरेको आरोप लगाए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि धारणा राख्दै माओवादी केन्द्रीय सदस्य लक्ष्मण पन्तले नेतृत्वको आलोचना गरेका हुन । उनले सरकारमा गएका नेताहरुलाई गोप्य डिलिङमा सजिलो हुने भएकाले आफन्तलाई पिए नियुक्त गरेको दावी गरे ।

माओवादी बैठकमा पार्टी पुनर्निर्माण, कार्यशैली, संगठनको प्रभावकारिता र सरकारका कामकारबाहीबारे छलफल भइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.