खाना पकाउने ग्यासको मूल्य १३० रुपियाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १३० रुपियाँले घटाएको छ । यसैगरी, पेट्रोल ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको निगमले जनाएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले सो जानकारी दिएको हो ।

नयाँ मूल्य अनुसार, अब ग्यास प्रति सिलिन्डर एक हजार ६६०, पेट्रोल प्रतिलिटर १७३ र डिजेल र मट्टितेल १५३ पुगेको छ । हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.