दुर्घटनामा परेर एक प्रहरीको मृत्यु ,अर्का सिकिस्त

धनगढी । कैलालीको गोदावरी नगरपालिका–३ स्थित चौकिडाँडामा दुर्घटनामा परेर एक प्रहरी जवानको मृत्यु भएको छ । मोटरसाइकलमा सवार प्रहरी जवान कपिल कठायतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताए ।

कपिल कठायत नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत थिए । गएराति कठायतले चलाएको सुप प्रदेश–७३२० नम्बरको मोटरसाइकल र सुप प्रदेश–६४१९ नम्बरको ट्याक्टर आपसमा ठोक्किएको डिएसपी चन्दले बताए ।

मोटरसाइकल पछाडि सवार अर्का प्रहरी जवान हेमराज डाउडा शक्त घाइते छन् । उनको मायामेट्राेकाे आइसियुमा राखेर उपचार भइरहेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.