मिटर ब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पुन:पारित

काठमाडौं । राष्ट्रियसभाबाट मिटरब्याजसम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको २०८०’ राष्ट्रियसभाबाट पुन:पारित भएको छ।

प्रतिनिधिसभाले संशोधनसहित पारित गरी राष्ट्रियसभामा पठाएको विधेयक पुन:पारित गर्नका लागि कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले सभामा प्रस्तुत गरेका थिए।

मिटरब्याज पीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारवाही गर्ने प्रयोजनका लागि सो विधेयक ल्याइएको हो । राष्ट्रियसभाबाट पारितपछि अव विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ जानेछ। राष्ट्रपति रामचन्द्र पौडेलबाट विधेयक प्रमाणीकरण भएपछि ऐनको रुपमा लागू हुनेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.