४८ लाख अवैध रकमसहित एकजना पक्राउ

धनगढी । अवैध भारतीय रुपियाँ र स्रोत नखुलेको नेपाली रुपियाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–१ का ४७ वर्षीय सुनिलकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ ।

कपिलबस्तु आन्दोलन चौकस्थित रामदेव बर्माको घरमा कोठा भाडा लिई अवैध रुपमा भारतीय रुपियाँको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा गुप्ता पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताए ।

कोठामा लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको नेपाली रुपियाँ २४ लाख १३ हजार २५५ र अवैध भारतीय रुपियाँ १४ लाख ९४ हजार ९२०  गरी  ४८ लाख पाँ हाजर १२७ रुपियाँसहित गुप्तालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको उनले बताए ।

पक्राउ परेका गुप्तालाई सो रकमसहित राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने तयारी भैइरहेकाे प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.