Dashain Suvakamana

जिल्ला जिल्लामा समाजवादी मोर्चा गठन हुँदै

धनगढी । केन्द्रमा बनेको मोर्चाजस्तै जिल्ला जिल्लामा समाजवादी मोर्चा गठन हुन थालेका छन् । हिजाे मात्रै गण्डकीकाे पाल्पामा क्रियाशील चार दलले समाजवादी मोर्चा गठन गरेका छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीले संयुक्त समाजवादी मोर्चा गठन गरेका हुन् ।

समाजवादी मोर्चाले पूर्व सासंद तथा नेकपा (एकीकृत समाजवादीका) जिल्ला इन्चार्ज यादवबहादुर रायमाझीलाई संयोजक तोकेको छ । केन्द्रमा बनेको मोर्चाजस्तै पाल्पामा पनि बनाइएको दलका नेताहरू बताएका छन् । मोर्चाले साझा बुझाई र प्रतिबद्धताका आधारमा काम गर्ने नेकपा (माओवादी केन्द्र) पाल्पाका संयोजक राजेन्द्र विश्वकर्माले जानकारी दिए । 

मोर्चाको गठनसँगै चार दलले संयुक्त रुपमा पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई विभिन्न विषय समेटेर ध्यानाकर्षण पत्र बुझाएको छ । मोर्चाले सरकारको सेवा प्रभावकारी बनाउन, सुशासन कायम गर्न, विद्युत, खानेपानी तथा सार्वजनिक यातायातको भाडा समायोजनजस्ता विषयमा ध्यान दिन आग्रह गरेको छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.