श्रद्धान्जलीकालागि सीता दाहालको पार्थीव शरीर पेरिसडाँडामा, अन्त्येष्टि आजै

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की दिवंगत पत्नी सीता दाहालको पार्थीव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा लगिएको छ । आज बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएकी ६९ वर्षीया सीता दाहालको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको हो ।

श्रद्धाञ्जलीका लागि अहिले नर्भिक अस्पतालबाट सीताको पार्थीव शरीर निकालेर पार्टी कार्यालय लगिएको छ । दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने भएको छ ।

नर्भिक अस्पतालका चिकित्सक प्रा डा. युवराज शर्माले हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पताल लगिएको सीता दाहालको उपचारकै क्रममा ८ः३३ बजे निधन भएको जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.