धनगढीकाे सौभाग्य हस्पिटलले असार २५ देखि निःशुल्क उपचार गर्ने

धनगढी । धनगढीमा रहेको सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा १५ दिने निःशुल्क रगत जाँचसहित विषेशज्ञ डाक्टरद्वारा निःशुल्क परामर्श तथा उपचार सेवा दिने भएको छ। धनगढीमै पहिलोपटक १५ दिने निःशुल्क रगत जाँच सहित विषेशज्ञ डाक्टरले निःशुल्क परामर्श तथा उपचार सेवा असार २५ गतेदेखि दिने सौभाग्य हस्पिटलले जनाएको छ।

निःशुल्क विषेशज्ञ सेवाहरूमा पेट, मुटु र छाती, हाड जोर्नी तथा नसा सम्बन्धी छाती दुख्ने, पोल्ने श्वास फेर्न गाह्रो हुने, दम बढ्ने, पेट दुख्ने, पोल्ने, भोक नलाउने अपच हुने, उच्च रक्तचाप, सुगर, थाइराइड जन्डिस, पिसाब पोल्ने, पिसाव कम बढी हुने, हातखुट्टा दुख्ने, कमक्रम हुने पोल्ने, हातखुट्टा दुख्ने, सुन्निने, थकाइ लाग्ने, निदाउने रहेका छन्।

महिला रोग सम्बन्ध पाठेघरमा मासु पलाएको, आङ खसेको उपचार तथा शल्यक्रिया, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, पाठेघरको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, निसन्तान तथा बाँझोपन सम्बन्धी चेक जाँच, स्तनमा गाँठागुठी, सेतो गन्हाउने पानी बग्ने, गर्भवती जाँच तथा परामर्श डेलीभरी सेवा पनि निःशुल्क दिइने अस्पतालले जनाएको छ।

यस्तै हाईड्रोसिल हर्निया एपेन्डिक्सको अप्रेशन, गीठागुठी, पाइल्स, फिस्टुला, फिसरको अप्रेशन, दुर्विन विधीद्वारा पितथैली, आन्द्रामा प्वाल परेको फुटेको अप्रेशन सेवा पनि दिइनेछ। साथै औषधीमा १० र बाँकी ल्याब सुविधामा २० प्रतिशत छुट रहेको र फोनबाट पनि नाम दर्ता गर्न सकिने अस्पतालले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.