मन्त्री सिंहको शव यात्रा सहित अन्त्येष्टि गरिँदै

बझाङ। सबारी  दुर्घटना परि निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह र उनकी धर्मपत्नी अमृतादेवी सिंहको शनिवार अन्त्येष्टि गरिएको छ ।

बुधवार मात्रै गृह जिल्ला पुराइएकाे मन्त्री सिंह दम्पतीको पार्थिव शरीरलाई जिल्ला अस्पतालदेखि चैनपुर बजारमा सब यात्रा गरी  नेपाली काङ्ग्रेस पाटी कार्यालय चैनपुरमा श्रद्धाञ्जली   शोक तथा श्रद्धाञ्जली अर्पण गरेर दिउँसो सेती नदीस्थित धौला बगर मसान घाट ढुङ्ग्रीमा अन्त्येष्टि गरिएको हो । मन्त्री सिंहका कान्छा छोरा इजरायलबाट आउन समय लागेकाले चार दिनपछि (शनिवार) आज अन्त्येष्टि गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

डडेलधुराबाट गृह जिल्ला बझाङ आउने क्रममा गत मङ्गलवार मन्त्री सिंहसहित उनकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा परि मृत्यु भएको थियो । दुर्घटनापछि उपचारका लागि मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज लगिएको भएपनि उनलाई कोहलपुर मेडिकल कलेजले मृत घोषणा गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.