आफ्नै घरमा आगो लगाउने धनगढीका एक पुरुष पक्राउ

धनगढी । कैलालीको धनगढीमा आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । जाँडरक्सी खाएर घरमा आगो लगाउने धनगढी उपमहानगरपालिका–३ का वीरबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले दुई दिनअघि आफ्नै पक्की घरमा आगो लगाउँदा लत्ता कपडा, सोफासेट, बिजुलीको वाइरिङ तारलगायतका झण्डै ७० हजार रुपैयाँ बराबरको मालसामान जलेर नष्ट भएको थियो।

प्रहरी र स्थानीयवासीको प्रयासमा राति नै आगो नियन्त्रणमा लिइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.