गर्मी बढेपछि विद्यालयकाे पठनपाठन बन्द

धनगढी । केही दिनयता पूर्वीतराईमा अत्यधिक गर्मी बढ्न थालेपछि विद्यालय बन्द हुन थालेका छन् । झापा जिल्लाका शिवसताक्षी, मेचीनगर र कचनकवल गाँउपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

शिवसताक्षी र मेची नगरले आजदेखि लागु हुने गरी दुई दिन र कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने सूचना जारी गरेका छन् । वर्षे बिदाबाट बिदा कट्टा हुने गरी विद्यालय बन्द गरिएको शिवसताक्षी नगरपालिकाका शिक्षा अधिकारी छवि ढकालले बताए।  शिवसताक्षीका ३५ सामुदायिक, ३ धार्मिक र २४ संस्थागत विद्यालयको नियमित पठन पाठन बन्द गरिएको शिक्षा अधिकारी ढकालले जानकारी दिए।

कचनकवल गाँउपालिकाले २२ गते पाँच दिनसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको सो पालिकाको शिक्षा शाखाले जनाएको छ। यसैगरी मेचीनगर नगरपालिकाले पनि गर्मीकै कारण दुई दिनका लागि सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले जानकारी दिए ।

झापामा तीन दिन यता निक्कै गर्मी बढेको छ । बुधबार झापाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो । आज ३९ डिग्री सेल्सियस पुग्ने अनुमान छ भने भोली पनि ३९ डिग्री सेल्सियस मौसम पूर्वानुमान छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.