माओवादी नेता सरल भाटले गरे राष्ट्रपतिकाे चुनावमा जाँदा लिएको भत्ता फिर्ता

धनगढी । माओवादी नेता तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य ओमविक्रम भाट सरलले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको समयमा काठमाडौँ गए बापत बुझेको भत्ता रकम फिर्ता गर्ने बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा आफूले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको समयमा बुझेको दैनिक तथा भ्रमण भत्ता फिर्ता गर्ने जनाएका हुन्।

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले गैर कानूनी रूपमा दैनिक तथा भ्रमण बुझेको विशेष रिपोर्ट सार्वजनिकपछि सर्बत्र आलाेचना भएकाे थियाे ।  सांसद भाटले आफूले पाएको भत्ता फिर्ता गर्ने बताएका हुन्।

‘म यसै फेसबुक पोष्ट मार्फत सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छु, मैले उक्त सुविधा बापत प्राप्त गरेको रकम प्रदेश सभा कार्यालयमा फिर्ता गर्ने छु’ उनले लेखेका छन्, ‘साथै अब उप्रान्त यस्ता विषयमा सचेतता अपनाउने छु। आलोचनात्मक सुझाव सल्लाहको लागी सबैलाई हार्दिक धन्यवाद । यसरी नै हामी सबैले खबरदारी गर्न जरुरी छ। धन्यवाद ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.