काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा.आरजु राणा देउवा भागेर सिंगापुर गएको हल्ला निराधार भएको सचिवालयले जनाएको छ । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले आरजु देउवा काठमाण्डाैंमै रहेकाे बताएका छन् ।
डा. आरजु सभापति देउवाकी श्रीमती हुन । स्वकीय सचिव देउवाका अनुसार, डा. आरजु हिजो कांग्रेस नेता अजय चौरसियाको छोराको विवाहमा वीरगञ्ज जानु भएको थियो, त्यसपछि हिजै काठमाडौं फर्कनु भएको छ ।
एउटा युट्युव च्यानलले ‘आरजु वीरगञ्जबाट भारत हुँदै सिंगापुर गएको’ भन्ने सामग्री प्रसारण गरेको थियो ।