धनगढी । भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग आइपीएलमा सट्टेबाजी गरेको आरोपमा दार्चुलाका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
क्रिकेट खेलमा काे जित्ने हार्ने भन्दै बाजी थाप्ने उनीहरुलाई स्थानीय महाकाली नगरपालिका वडा नम्बर ४ तिंकर खेडाबाट पक्राउ गरिएकाे हाे। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पक्राउ पर्नेमा जनक बडाल, नवीन अवस्थी, बिरू बुढाथोकी र ईन्द्र सिंह ऐरी रहेका छन्। उनीहरूलाई तीन लाख ५६ हजार ४ सय २० रुपैयाँसहित पक्राउ परेका हुन्।
उनीहरूमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ। उनीहरु मंगलवार राति पक्राउ परेका हुन्।