वैशाख १० गते हुने उपनिर्वाचनका लागि पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । प्रस्तावक सिता ज्ञवाली र समर्थक विक्रम श्रेष्ठ रहेर लामिछानेले चितवन क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।
यो क्षेत्रमा उम्मेदवार दर्ता गर्ने उनी पहिलो भएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । लामिछाने यस अघि भारी मतान्तरले यही निर्वाचन क्षेत्रवाट जितेका थिए । गत चुनावमा निकटतम प्रतिस्पर्धी भन्दा ३४ हजार १६२ मतान्तरले हराएर लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका थिए ।
जहाँ नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा एमालेका कृष्णभक्त पोख्रेलको १४ हजार ६४९ मत पाएका थिए ।