सत्ता गठबन्धनले टुंग्यायो मन्त्रालय भागबण्डा, मन्त्रीहरुकाे भाेलि सपथ

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा लगभग टुंग्याएका छन् । बुधबार साँझ बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय भन्ने एकसरो समझदारी जुटाएको जनता समाजवादी पार्टी (जसपा) का सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

‘भोलि बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने भन्नेछ’, उनले भने, ‘सबै पार्टीले आ–आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरुको नाम दिनुहुनेछ, त्यसपछि मन्त्रीहरुको शपथ हुन्छ ।’ स्रोतका अनुसार राष्ट्रिय जनमोर्चाबाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको छ ।

सहमति अनुसार कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादीले २, जसपाले २, जनमत पार्टीले, लोसपाले, नाउपाले र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने छन् । आम जनता पार्टीका अध्यक्ष प्रभु शाह पनि सरकारमा सहभागी हुनेछन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.