उपराष्ट्रपति पदका लागि मतदान जारी, किरियापुत्रीद्वारा मतदान

धनगढी । उपराष्ट्रपति पदका लागि आज बिहान १० बजेबाट शुरु भएको मतदान शान्तिपूर्ण रुपमा जारी रहेकाे छ । काठमाण्डाैंकाे नयाँ बानेश्वरस्थित संसद भवनकाे ल्होत्से हलमा जारी मतदानमा एक घण्टाकाे अबधिमा करीव एकसय बढी मत खसेकाे बताइएकाे छ ।

उपराष्ट्रपतिमा उम्मेदवार रामसहायप्रसाद यादवले मतदान गरिसकेका छन् । अन्य उम्मेदवारहरु अष्टलक्ष्मी शाक्य र ममता झाले सांसद नभएका कारण मतदान गर्न पाउने छैनन् । यद्यपि उनीहरु पनि मतदान स्थलमा पुगेका छन् । अन्य सांसदहरुले पनि अहिले उपराष्ट्रपति पदका लागि मतदान गर्ने क्रम जारी रहेको छ । आजै साँझ ६ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनमा किरियापुत्रीले मतदान गरेका छन् । गण्डकी प्रदेशको कास्की  निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गरेका हुन्। पिता लोकराजको निधनमा आशोच बारिरहेका बरालले आज बिहान पोखराबाट हवाई जहाजमा यहाँ आएर मतदान गरेका हुन् । उनले भने, “संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि यहाँ आएर मतदान गरेको हुँ ।”

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.