एक दिवसीय क्रिकेटमा नेपालकाे फड्को, वरीयतामा तीन स्थान माथि

नेपालले एक दिवसीय क्रिकेटमा अन्तर्राष्ट्रिय वरीयतामा तीन स्थान सुधार गरेको छ। आईसीसी क्रिकेट विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा तीन स्थान सुधार गर्दै १६औं स्थानमा आइपुगेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले मंगलबार राति सार्वजनिक गरेको वरीयतामा तीन स्थानमाथि पुगेको नेपालले नामिबिया, अमेरिका, यूएई र पपुवा न्युगिनीलाई पछि पारेको छ । लिग टुको दोस्रो स्थानमा रहेको ओमान नेपालभन्दा एक स्थानमाथि १५ औं स्थानमा छ। लिग टु च्याम्पियन स्कटल्याण्ड १२ औं स्थानमा छ । 

एक दिवसीय वरीयतामा भारत पहिलो, अष्ट्रेलिया दोस्रो र न्यूजिल्याण्ड तेस्रो स्थानमा रहेको छ । टी–२० वरीयतामा पनि नेपाल १६ औं स्थानमा रहेको छ । भारत शीर्ष स्थानमै छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.