लागुऔषधसहित कैलालीका ८ युवा पक्राउ

धनगढी । कैलालीका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित एक किशोरी र ७ जना युवा पक्राउ परेका छन्। पक्राउ किशोरीसहित ८ जना युवालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको छ।

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२ का ३३ वर्षी हिक्मत साउद चार ग्राम ५६० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन्। त्यस्तै सोहि स्थानका १९ वर्षीय खेम साउद ७९० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन्। त्यस्तै धनगढी उपमहानगरपालिका–३ का १८ वर्षीय प्रदिप गोतामे र सोहि स्थानका १९ वर्षीय अनिष अछामीबाट ६५० मिलिग्राम लागुऔषध फेला परेपछि दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका–१ की १९ वर्षीया अन्जु कुरेसी स्पास्मो प्रोक्सिमन १९ क्याप्सुलसहित पक्राउ परेकी छन् भने सोहि स्थानका २१ वर्षीय विज्ञान बस्नेत नाईट्रोभेट एक ट्याब्लेटसहित पक्राउ परेका हुन्। त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का १९ वर्षीय सागर नेगी र कृष्णपुर नगरपालिका–५ का २३ वर्षीय आभास ऐर पक्राउ परेको प्रहरीले बताएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.