कञ्चनपुर । विगत लामो समयदेखि नाबालिकासँग यौन शोषणमा संलग्न रहेको भन्दै कञ्चनपुरकाे महाकाली बाल अनाथलयका प्रमुख शंकरबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ। अनाथलयमा बस्दै आएका नाबालिकालाई यौन शोषण हुँदै आएको सूचना प्राप्त भएपछि प्रमुख चन्दलाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।
‘अनाथलयका प्रमुखले पहिल्यैदेखि यस्तो काम गर्दै आएका रहेछन, एक नाबालिकाले यस्तो कुरा आफ्नो साथीसँग भनेपछि मात्र घटना बाहिर आएको हो’, उनले भने। अनाथालयमा आश्रित १४ वर्षीया र १६ वर्षीया नाबालिकामाथि करणी गरेको खुल्न आएको छ।
पीडित बालिकाले यो विषय कसैलाई भन्न सकेका थिएनन्। नाबालिका करणी गरेको आरोपमा चन्दलाई मंगलबार पक्राउ गरिएको हो। चन्दलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।