धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका-२ गणेशपुरस्थित पूर्वपश्चिम राजमार्गमा सुपप्र ०१००९ प ३४२१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक लम्कीचुहा-१ का २७ वर्षीय मिलन कार्की गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार गम्भीर घाइते भएका उनलाई उपचारका लागि लालरत्न अस्पताल लम्की पठाईएकोमा थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ।
मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ।