धनगढी । मंसिर ४ को निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। यता सुदूरपश्चिममा प्रदेशसभा सदस्य समानुपातिक सिटतर्फ मतगणना जारी रहेको छ। निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार सुदूरपश्चिममा ७ लाख ६६ हजार ३६६ मत गणना भएको छ।
जसमा नेकपा एमालेले अग्रता बनाएको छ। एमालले हालसम्म २ लाख ४० हजार ४८२ मत ल्याएको छ। दोस्रोमा रहेको नेपाली कांग्रेसले २ लाख २६ हजार ३६९, तेस्रोमा रहेको नेकपा माओवादीले १ लाख ८ हजार २९६ मत पाएको छ।
त्यस्तै चौथोमा रहेको नागरिक उन्मुक्ति पार्टीले ६० हजार ३६, नेकपा एकीकृत समाजवादीले ३९ हजार ७७९, राप्रपाले ३२ हजार ३४४, कांग्रेस वीपीले ६ हजार ७८०, राष्ट्रिय जनमोर्चाले ४ हजार २५९ मत ल्याएका छन।
प्रदेशको समानुपातिक निर्वाचनमा ३४ पार्टीले सहभागिता जनाएकोमा अन्य दलले जम्मा २८ हजार २१ मत ल्याएका छन।