प्रतिनिधिसभा समानुपातिक मतगणनाः एमालेले २३ लाख मत कटायो

प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फ नेकपा एमालेले २३ लाख मत कटाएको छ । निर्वाचन आयोगले पछिल्लाे समय सार्वजनिक गरेको मतपरिणाम अनुसार एमालेले २३ लाख १ हजार ३२४ मत ल्याएको छ ।

त्यसैगरी नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । कांग्रेसले २२ लाख ५ हजार १०२ मत पाएको छ । नेकपा माओवादी केन्द्रले ९ लाख ६५ हजार ४१७ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २२ हजार ४८९ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८६ हजार ७७३ मत पाउँदा जनता समाजवादी पार्टीले २ लाख ८७ हजार ३२९ मत पाएको छ भने नेकपा एकीकृत समाजवादीले २ लाख २० हजार ५४७ मत पाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.