धनगढी। कैलाली क्षेत्र नम्बर ३ (क) र (ख) दुवै प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार ३ (क) मा घनश्याम चौधर र (ख)मा खुशीराम चौधरी विजयी भएका हुन् ।
घनश्यामले १३ हजार ९२३ मत प्राप्त गरी विजयी भएका हुनभने खुशीरामले सात हजार ५३९ प्राप्त गरेको छ । उनिहरुको प्रतिद्वन्द्वी (क)का गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खेमराज डगौरा थारुले ११ हजार ५७२ मत प्राप्त गरेको छ भने (ख) का गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का अम्मरबहादुर साउदले छ हजार ६१९ मत प्राप्त गर्नुभएको छ ।
घनश्यामले दुई हजार ३५१ मतान्तरले खेमराजलाई पछाडि पार्दै विजय हुनुभएको छ भने खुशीरामले ९२० मतान्तरले समाजवादीका उम्मेदवार साउदलाई पछाडी पार्दै विजयी हुनुभएको हो ।