पश्चिम सेती बनेपछि सुदूरपश्चिमको कायापलट हुन्छ : प्रधानमन्त्री देउवा

धनगढी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती परियोजना निर्माण कार्यको सम्झौता भइसकेकाले परियोजना छिट्टै बन्ने बताएका छन्। भारतीय कम्पनीसँग सम्झौता गरेर पश्चिम सेती परियोजनाको काम अघि बढेको र यो निर्माण सम्पन्न भएपछि सुदूरपश्चिमको कायापलट हुने उनले दाबी गरे।

बुधबार बैतडीको पाटनमा आयोजित लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उनले पश्चिम सेती निर्माणको काम अघि बढिसकेकाले ढुक्क हुन अनुरोध गरे। यस्तै, प्रधानमन्त्री देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम पनि अघि बढ्ने दाबी गर्दै पञ्चेश्वर परियोजनाले यो क्षेत्रमा कायापलट गर्ने उल्लेख गरे।

सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले बैतडीवासीको महत्त्वपूर्ण मागका रूपमा रहेको झुलाघाटको मोटरेबल पुल बनाएर छोड्ने आश्वासनसमेत दिए। चुनावी सभामा प्रधानमन्त्री देउवाले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले सङ्घीयता, लोकतन्त्र र समावेशी मुद्दालाई बलियो बनाउन गठबन्धन दलका उम्मेदवारलाई भोट दिन आग्रह गरे। 

 

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.