कैलाली–५ मा नागरिक उन्मुक्ति पार्टीको समर्थन स्वतन्त्र उम्मेदवारलाई

धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा लक्ष्मण थारुको उम्मेदवारी खारेज भएसँगै उम्मेदवार विहीन बनेको नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका जगदिश चौधरीलाई समर्थन गर्ने निर्णय गरेको हो । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य गंगाराम चौधरीले पार्टीका आधिकारिक उम्मेदवार लक्ष्मण थारुको उम्मेदवारी खारेज भएपछि स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिएको जानकारी दिए ।

टीकापुर घटनामा उच्च अदालत दिपायलले जन्मकैदको सजाय तोकेपछि फरार भएका लक्ष्मणले वारेसमार्फत नागरिक उन्मुक्ती पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका थिए । तर उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.