जबरजस्ती करणी मुद्दाका फरार चाैधरी १६ वर्षपछि पक्राउ

धनगढी । कैलालीमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर २ गणेशपुर बस्ने ४९ वर्षीय प्रेम चौधरीलाई प्रहरीले १६ बर्षापछि पक्राउ गरेको हो।

२०६३ साल फागुन २५ गते जबरजस्ती करणी गरी फरार भएका उनलाई जिल्ला अदालत बर्दियाको मिति २०६८/०३/०९ गतेको आदेशले ६ वर्ष कैद सजाय सुनाएको थियो।

ईलाका प्रहरी कार्यालय लम्कीले उनलाई आइतवार गणेशपुरबाटै पक्राउ गरेको बताएको छ। उनलाई पक्राउ गरी जिल्ला अदालत कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.