राष्ट्रिय हक्कीमा सुदूरपश्चिमकाे टिम विजयी

धनगढी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला हक्कीमा सुदूरपश्चिम विजयी भएको छ। शनिबार भएको दोस्रो खेलमा सुदूरपश्चिमले १(० को गोल अन्तरले मधेश प्रदेशलाई हराएको हो।

खेलको पहिलो, दोस्रो र तेस्रो क्वाटर गोल रहित बन्न पुग्यो। दुबैबीच रोचक प्रतिस्पर्धा रहेको खेलमा सुदुरपश्चिमको तर्फबाट धमरा थापाको गोल नै निर्णयक बन्न पुग्यो। खेलको अन्तिम मिनेटमा धमराले गरेको गोलले सुदूरपश्चिमलाई खेलमा जित दिलायो । उनले ५९ औं मिनेटमा गोल गर्दै सुदूरपश्चिमलाई जित दिलाउन सफल भइन्।

यसअघि भएको पहिलो खेलमा नेपाल आर्मीले ८ (० को गोल अन्तरले बागमती प्रदेशलाई हराएको छ। आर्मीको यो लगातार दोस्रो जित हो। आजको खेलमा जित हासिल गरेका दुबै टिम भोलि मैदानमा भिड्दै छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.