गठबन्धनविरुद्ध बागी बनेका कैलाली काँग्रेसका ७ जनालाई कारबाही

धनगढी । सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने कैलालीका ७ जना उम्मेदवारलाई कारबाही  गरिएको छ।  प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली काँग्रेसका ७ जनालाई सधारण सदस्यसमेत नरहने गरी कारबाहीमा गरिएकाे हाे।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ (२) बाट गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका राजेन्द्र साउदविरुद्ध उम्मेदवारी दर्ता गराएका भरत शाहीलाई कारबाही  गरिएको छ। निर्वाचन क्षेत्र नं. ३ बाट गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका कृष्णकुमार चौधरीविरुद्ध उम्मेदवारी दिएका नवीन बोहरालाई पनि कारवाही गरिएको नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले बताए ।

निर्वाचन क्षेत्र नं. ३ (२) बाट गठबन्धनका साझा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका अमर साउदका विरुद्ध उम्मेदवारी दिएका नेपाली काँग्रेसका गोविन्दराज जोशी र लक्ष्मण शाही पनि कारबाहीमा परेका छन्। यसैगरि क्षेत्र नं. ४ (२) बाट उम्मेदवारी दिएका प्रेम शाह र भागवती पाठकलाई पनि कारबाही गरिएको नेपाली कांग्रेसका जिल्ला सभापति भट्टले बताए। शाह र पाठकले गठबन्धनका साझा उम्मेदवार समेत रहेका नेपाली कांग्रेसका प्रकाश बमविरुद्ध उम्मेदवारी दिएका थिए।

यता निर्वाचन क्षेत्र नं. क्षेत्र नं. ५ (२) बाट उम्मेदवारी दिएका क्षितिज भण्डारीलाई पनि कारबाही भएको छ। सो क्षेत्रमा गठबन्धनका तर्फबाट कांग्रेसका प्रकाश देउवाले उम्मेदवारी दिएका छन्। भण्डारीले उनीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.