नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी र नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी यूनियनबीच कार्यगत एकता गर्ने समझदारी भएकाे छ । बुधवार बसेको दुई विद्यार्थी संगठनको बैठकले यस्तो निर्णय गरेको हो।
तत्काल मंसिर ४ को निर्वाचनलाई मध्यनजर गर्दै संयुक्त निर्वाचन परिचालन समिति बनाउने भएका छन्।
प्रत्येक संघ र प्रदेशको निर्वाचन परिचालनका निम्ति स्थानीय तहसम्मकै निर्वाचन परिचालन संयन्त्र निर्माण गर्ने निर्णय गरेको क्रान्तिकारीका अध्यक्ष पन्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
माओवादी केन्द्र र समाजवादी पार्टीले आगामी मंसिर ४ को निर्वाचनमा एउटै चुनाव चिह्न, एउटै घोषणापत्र र एउटै समानुपातिक बन्द सूचीसहित सहभागी हुने सहमति गरेका छन्।