अत्तरिया । मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि कैलालीको क्षेत्र नम्बर ४ का उम्मेदवारी दिएका ५ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन । बुधबार उम्मेदवारी फिर्ता गर्न तोकिएको समयभित्र ५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन ।
उम्मेदवारी फिर्ता लिने सबै प्रदेश सभाका उम्मेदवार रहेको छन । उनीहरु सबैले स्वतन्त्रबाट उम्मेदावरी दिएका थिए । जसमा क्षेत्र ‘क’ बाट उम्मेदवारी दिएका राजेन्द्र प्रसाद जोशी, खुशीराम चौधरी, टेक बहादुर देउवा र तुलाराम सापकोटा रहेका छन ।
त्यस्तै क्षेत्र ‘ख’ बाट टिकादत्त जोशीले उम्मेदवारी फिर्ता लिएका छन । उनले कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका लागि १० र प्रदेश सभाका लागि १९ गरी २९ जनाले उम्मेदवारी गर्दा गराएका थिए ।