धनगढी । सत्ता गठबन्धनमा भएको भागवण्डामा परेअनुसार माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको टुंगो लगाएको छ ।
माओवादी केन्द्रले सुदूरपश्चिममा प्रतिनिधिसभाको ४ सिट पाएको छ, जसमध्ये कैलाली क्षेत्र नम्बर २ मा भगतबहादुर बढुवालले टिकट पाएका छन् । यस्तै कैलाली ३ मा कृष्ण चौधरी वा वीरमान चौधरी मध्ये एकले टिकट पाउनेछन् । बैतडीको उम्मेदवार टुंगिएको छैन भने कञ्चनपुर १ मा विना मगर उम्मेदवार हुने छिन् ।
प्रदेशसभातर्फ बाजुरा क’ मा कर्णबहादुर विकले टिकट पाएका छन् भने अछाम १ ख र अछाम २ क’ को उम्मेदवार टुंगो लागेको छैन । बझाङ ख’ मा भीम भण्डारीले टिकट पाएका छन् भने डोटीको टुंगिएको छैन । कैलाली ३ को ख’ मा नन्दबहादुर साउदले पाएका छन् । कैलाली ५ को क मा पनि उम्मेदवारकाे टुङ्गाे लागेकाे छैन् । उम्मेदवार सार्वजनिक नभएका ठाउँमा प्रदेश नेतृत्वले टीकट लुकाएकाे स्राेतले बताएकाे छ । केन्द्रले छुट्टाएकाे टिकट प्रदेश नेतृत्वले अव आफ्नालाई दिने तयारी गरिरहेकाे स्राेतकाे दावी छ ।
उता दार्चुला ख’ मा मानबहादुर धामी र डडेलधुरा क’ मा खगराज भट्ट उम्मेदवार हुने छनभने कञ्चनपुर १ क मा कांग्रेसले पनि दाबी गरेका कारण उम्मेदवार टुंगिएको छैन भने २ को क मा टेकेन्द्र भट्टले टिकट पाउने छन् । यता कैलाली ३ को क र ख दुबैमा माओवादीको दाबी छ, तर भागवण्डा टुंगिएको छैन ।