करेन्ट लागेर दाजु–भाइको मृत्यु, आमा–छोरा घाइते

जनकपुर । धनुषाको जनकपुरधाममा करेन्ट लागेर दाजु–भाइको मृत्यु भएको छ। त्यस्तै आमा–छोरा घाइते भएका छन्। आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका-२३ का ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वरको ज्यान गएको प्रहरीले बताएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार करेन्ट लागेर दिनेशकी श्रीमती निर्मलादेवी र छोरा मुकेश घाइते भएका छन्। आमा–छोराको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.