धनगढी । कञ्चनपुरमा मोटरसाइकल अनियन्त्रित दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पुनर्वास नगरपालिकाको अमरबस्ती धनगढी बेलौरी हुलाकी सडक खण्डमा से ७ प ४७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर विद्युतको पोलमा ठोक्किदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको हो।
गएराति करीब ११ बजे भएको दुर्घटनामा चालक पुनर्वास नगरपालिका १० का २२ वर्षीय विशाल राना र पछाडि सवार धनगढी उपमहानगरपालिका ३ का २३ वर्षीय महेश रानाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
गम्भीर घाइते भएका दुबैको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।