बन्दसूची संशोधनकाे आज अन्तिम दिन, दलहरूको दौडधुप

काठमाण्डाैं। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको संशोधित बन्दसूची दलहरूले आज आइतबार निर्वाचन आयोगमा बुझाउँदै छन् । आयोगले गत २ र ३ असोजमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन समानुपातिक प्रणाली तर्फको बन्दसूची बुझाउन दलहरूलाई समय दिएको थियो । बन्दसूचीमाथिको संशोधनका लागि आयोगले १० देखि १६ असोजसम्मको समय दिएको हो ।

आज अन्तिम दिन

त्यस्तै, बन्दसूचीमा परेका तर उम्मेदवार बन्न नचाहने व्यक्तिले नाम फिर्ता लिन चाहेमा १७ असोजमा फिर्ता लिन सक्ने आयोगको कार्यतालिकामा उल्लेख छ । सो’bout आयोगले दलहरूलाई सोही दिन नै जानकारी दिने कार्यक्रम छ । यसरी रिक्त हुन आउने स्थानमा दलहरूले सोही समूहमा अर्को उम्मेदवारलाई मनोनयन गर्न सक्नेछन् । यसका लागि २० देखि २२ सम्मको समय आयोगले दलहरूलाई दिएको छ ।

यसैगरी, २२ असोजमा उम्मेदवार बन्दसूचीको सूचना प्रकाशन, २३ देखि २९ असोजसम्म बन्दसूचीमा नाम समावेश उम्मेदवारको योग्यतासम्बन्धी दाबीविरोधका लागि निवेदन दिने, ३० असोजमा दाबीविरोध निवेदनमाथि जाँचबुझ गरी निर्णय लिने र ८ कात्तिकमा बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन तथा ९ कात्तिकमा उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम छ ।

प्रत्यक्षतर्फ उम्मेवारी दर्ता २३ असोजमा
आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ २३ असोजमा उम्मेदवार मनोनयनपत्र दर्ता र मनोनयनपत्र सूची प्रकाशन कार्यक्रम तय गरेको छ । आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवार हुन चाहने उम्मेदवारका लागि २३ असोजमा मनोनयनपत्र दर्ताको समय तोकेको हो ।

तोकेको प्रत्यक्ष निर्वाचन कार्यक्रमअनुसार २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने, २४ देखि २५ असोजसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका छ । यसैगरी, २५ असोजमा उम्मेदवार नामावली प्रकाशन र २६ असोजमा नाम फिर्ता लिन चाहनेले सोही दिन फिर्ता गर्ने तथा सोही दिन नै अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिह्न प्रदान गरिने आयोगको कार्यतालिकामा उल्लेख छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.