Dashain Suvakamana

सुदूरपश्चिम प्रदेश खेलकुद छनोटः भलिबल प्रतियोगितामा डोटीको शानदार जित

धनगढी । कैलालीकाे धनगढी रंगशालामा सम्पन्न पुरुष भलिबल प्रतियोगितामा डोटीको टिम विजयी भएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा डोटीले शानदार जित हासिल गरेको हाे ।

बिहीवार भएको फाइनल खेलमा डोटीले अछामलाई ३–० को सोझो सेटमा पराजित गरेको डोटी टिमका म्यानेजर गणेश कठायतले बताए । यस अघि डडेल्धुरा, बाजुरा र दार्चुलालाई हराउँदै डोटी फाइनलमा पुगेको डोटी टिमका प्रशिक्षक लाल जोराले बताए । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.